आज सर्लाहीकाे चक्रघट्टा गाउँपालिकामा शोक बिदा

Byसदाम हुसैन

२०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार

सर्लाही, २७ कार्तिक । विद्युतीय गाडी दुर्घटनामा परेर १३ जना गाउँपालिकावासीको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । 

बिहीबार बिहान मकवानपुरको चिसापानी गढीमा विद्युतीय गाडी हायस दुर्घटनामा परेर चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ सूचना जारी गर्दै १३ जना गाउँपालिकावासीको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको उल्लेख गर्नुभएको छ । 

शुक्रबार चक्रघट्टामा वडा कार्यालय, गाउँपालिका कार्यालय, विद्यालयलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् । 

यस्तै गाउँपालिकाले प्रत्येक मृतक बराबर ५० हजार रुपियाँ अन्तिम संस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *