सर्लाही, २८ कार्तिक । सर्लाहीको हरिपूर्वा नगरपालिका-९ वसन्तपुरमा राति सुतिरहेको अवस्थामा दम्पतीमाथि इँटाले प्रहार हुँदा श्रीमान्–श्रीमती गम्भीर घाइते भएका छन् ।
इँटाको प्रहारबाट स्थानीय सुकदेव साह तेली र उनकी श्रीमती जिवसी साह तेली घाइते भएका हुन् ।
घाइते दुवैलाई उपचारका लागि तत्काल जनकपुर लगिएको बताइएको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा आक्रमण गर्नुको कारण खुल्न सकेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
