सर्लाही, २९ कार्तिक । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले शनिबार त्यहाँका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयाममा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरिएको गृहमन्त्री गुरुङले बताएका छन् ।
उनले भने, ‘त्यसैगरी फेसलेस पोलिसिङ नन लिथल सेक्युरिटी गियर्सको उत्पादन तथा सुरक्षा निकायको आधुनिकीकरण र प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत विचार आदानप्रदान भयो ।’
नेपालका प्रस्तावित परियोजनामा सहकार्य गर्न डा. थानीले ‘सकारात्मक तत्परता देखाएको’ गृहमन्त्री गुरुङको भनाइ छ ।
