सर्लाही, ३० पुष । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ । लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा योजनाबद्ध रूपमा लुटपाट भएको हो । लुटेराले बैंकभित्रको नगद भरेका बोरासहित जंगलतर्फ फरार भएका छन् ।

लुटपाटपछि राति स्थानीयले बोरा र पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी जारी राखेको छ।

कति रकम लुटियो भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *