सर्लाही, ०२ माघ । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका – ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेन्जी आन्दोलनको क्रममा भागी फरार भएका थिए । उनि त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले विहिबार फेकनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवामा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *