सर्लाही, २० माघ । काठमाडौँ आउँदै गरेको गाडी खोटाङमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
आज बिहान खोटाङबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ८७८१ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका-१ वयक्तास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
गाडी आफैँ अनियन्त्रित भई सडकको भित्तातर्फ कोल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा सवार ७ जना मध्ये ४ जना सकुशल छन् ।
दुर्घटनापछि सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका- ७ बस्ने वर्ष ३७ का बुद्धमान श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा भुटानको थिम्पु घर भएकी ७२ वर्षीया कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका-४ सानागाँउ बस्ने ३५ वर्षीय लोकराज जोशी र डोटीकै चुननुर्बी गाउँपालिका ८ का ५८ को लोप्साङ लामा घाइते भएका छन् ।
उनीहरूको जनसेवा क्लिनिक घुर्मी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
