आयोगद्वारा मतदान केन्द्रहरुमा मतपेटिका पठाउने तयारी काठमाडौँ, २४ माघः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन मतपेटिका व्यवस्थापन गर्दै कर्मचारी। तस्बिरः प्रदीपराज वन्त/रासस

सर्लाही, २९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो । हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फको चुनावका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ । दैनिक अहिले १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।

आजसम्म सबै मतपत्र छपाइ सकेर जिल्लामा पठाउने आयोगको तयारी छ । अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ भएको छ ।

यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *