सर्लाही, १५ फागुन । सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध युवाहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रविन महतोको कार्यशैली अराजनीतिक रहेको आरोप लगाउँदै उनीहरूले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।

आज आयोजित कार्यक्रम मार्फत राजीनामाको निर्णय सार्वजनिक गर्दै उनीहरूले पार्टी नेतृत्वको व्यवहार तथा उम्मेदवारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

उनीहरूका अनुसार वर्तमान कार्यशैलीले राजनीतिक मूल्य–मान्यता र युवाको अपेक्षालाई सम्बोधन गर्न नसकेको निष्कर्षसहित पार्टी परित्याग गर्ने निर्णय गरिएको हो ।

पार्टीबाट अलग हुने घोषणा गर्नेहरूमा दीपक यादव, कृष्णा यादव, प्रिन्स चौधरी, सोहेल मिकरानी, बालकृष्ण अधिकारी, अमरदीप महतो, दीपक रौनियार, विवेक यादव, सिद्ध अधिकारी, सोनु मिकरानी, मदन यादव, मुकेशकुमार यादव तथा दिपेश पटेल रहेका छन् ।

राजीनामा दिने युवाहरूले आगामी दिनमा आफ्नो राजनीतिक धारणा तथा गतिविधिबारे उचित समयमा जानकारी गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *