सर्लाही, १९ साउन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन् ।  सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए।  भिजिट भिसाको नाममा भइरहेको मानवतस्करीको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । उनले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने बताए । उनले सरकारका मन्त्रीहरु विभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।

त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि समय पाए। उनले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए। उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे। उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए। त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *