गृहमन्त्री गुरुङले गरे परिसर काठमाडौँको निरीक्षण

Byसदाम हुसैन

२०८२ चैत्र १८, बुधवार २०८२ चैत्र १८, बुधवार २०८२ चैत्र १८, बुधवार

सर्लाही,चैत्र १८ ।गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण गरेका छन् । बुधवार गृहमन्त्री भद्रकालीस्थित परिसरको कार्यालयमा पुगेका हुन् । परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले सामूहिक भावनाको साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन् । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘समस्या परे म छु ।’ 

प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने उद्घोष गर्दै मन्त्री गुरुङले काठमाडौँमा हुनसक्ने सम्भावित प्रदर्शनमा भिड व्यवस्थापन गर्दा मानव अधिकारको ख्याल गर्न गर्न उनले निर्देशन गरेका छन् । उनको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘भिड नियन्त्रणमा एकदमै ध्यान दिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *