सर्लाही,चैत्र २० । रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई न्यायको हतारो भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हतारो गरेर सरकारले पक्राउ गरेको भन्दै भइरहेको चर्चामा यस्तो टिप्पणी गरेको हुन्।
उनले भने, ‘न्याय पाउने पहिलो हक सहिद परिवारको हो। घाइतेहरूको हो। न्यायको हक सबैलाई छ।’
ओली र लेखकलाई प्रतिशोध नै राखेर पक्रिएको हो ? भन्ने जिज्ञासामा उनले थपे, ‘त्यो आम नागरिकले हेरिराख्नुभएको छ नि। हाम्रा हरेक गतिविधि र निर्णय आम नागरिकसामु छन्।’
