सर्लाही, २१ चैत । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । 

व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । 

शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको थियो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उनीहरूलाई गरेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

भट्टसहित उनका साझेदारहरूलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउने तयारी गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *