सर्लाही,२६ चैत्र । प्रतिपक्षी दलहरुले उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई सघाउने भएको छ ।

नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले साम्पाङ नेतृत्वको पार्टीले अघि सार्ने उम्मेदवारलाई सहयोग गर्न तयार भएका हुन् ।

अध्यक्ष साम्पाङले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने यसअघि नै जानकारी गराइसकेका छन्। उम्मेदवारी दर्ताका लागि २ बजेसम्मको लागि तय भएको छ ।

सत्तारुढ दल रास्वपाले कसलाई सहयोग गर्छ अहिलेसम्म तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *