सर्लाही,२७ चैत्र । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । 

आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो । 

त्यसअघि कानुन व्यवयासीहरू आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे । 

नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले फेरि परिचयपत्रबाटै प्रवेश अनुमति दिइएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए । 

‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,’ उनले भने । 

सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको उनले बताए ।

‘अहिलेलाई उहाँहरूले प्रवेश गर्न दिने, तर फेरि मापदण्ड बनाउने कुरा पनि गर्नुभएको छ,’ उनले भने । 

सिंहदरबार प्रवेशमा रोक लगाएपछि बारले प्रधानमन्त्री बालेन शाहसमेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *