सर्लाही, २९ चैत । पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन् ।
फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो ।
उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
रोशनले फेसबुक, इस्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलबाट आपत्तिजनक शब्दहरू बनाएर भिडिओ बनाएका कारण उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
