सर्लाही,३० चैत्र । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकन् टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् । 

उनले आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । भ्रष्टाचार नगरी सम्पत्ति कमाउनु पाप नहुने उनको भनाइ छ । 

उनले सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु भने पाप ठहर्ने स्पष्ट पारेका छन् । उनले गरिब भएर जन्मिनु गल्ती नहुने तर मर्दा गरिब भइयो भने आफ्नै गल्ती हुने कथन पनि स्मरण गराएका छन् । 

सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *