अर्थमन्त्री रामेश्वर खनाल राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सदस्यहरुले सोधेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

सर्लाही,३० चैत्र । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति विवरण खासै भरपर्दो नहुने बताएका छन् । अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूले गरेको सम्पत्ति विवरण सार्वजनिक भएकोमा खनालले टिप्प्णी गरेका छन् ।

पूर्वअर्थ सचिवसमेत रहेका खनालले सम्पत्तिको घोषणा कहिल्यै पनि भरपर्दा नहुने भन्दै भरपर्दा आधार अरु हुने बताएका छन् ।

सामाजिक सञ्जालमा खनालले आन्तरिक राजश्व कार्यलयमा बुझाएको कर चुत्ताको विवरण नै भरपर्दो, पारदर्शी र प्रमाणिकरणको आधार हुने बताएका छन् ।

कपितयले अर्थमन्त्री खनालको टिप्पणीलाई सम्पत्तिको वैद्यता अनुसन्धान हुनुपर्ने अर्थ लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *