सर्लाही, ८ वैशाख । कञ्चनपुरमा दाइको विवाहमा गएका एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्त दाइ नाता पर्ने नरेश खातीको विहेमा गएका पुर्नबास नगरपालिका–५ का १८ बर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

चक्कु प्रहार गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न स्थानीय २५ बर्षीय धनबहादुर बयाडी र १९ बर्षीय टंक थापालाई नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *