सर्लाही, ०८ बैशाख । शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘किङ’ ले रिलिजअगावै २५० करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्म वितरण कम्पनी पेन मरुधरले फिल्मको भारतीय वितरण अधिकार २५० करोड किनेको हो ।
यो वर्षको सबैभन्दा ठूलो सम्झौतामध्ये एक मानिन्छ। फिल्मको बजेट ४०० करोड रुपैयाँ रहेको बताइएको छ, जसको अर्थ यो बजेटको आधाभन्दा बढी हिस्सा हो ।
पेन मरुधरको शाहरुखको प्रोडक्सन हाउससँग लामो समयदेखि सम्बन्ध छ । कम्पनीले पहिले ‘जवान’, ‘डंकी’, ‘शून्य’, ‘बदला’ र ‘इत्तेफाक’ जस्ता चलचित्रहरू रिलिज गरिसकेको छ ।
‘किङ’ सिद्धार्थ आनन्दद्वारा निर्देशित र रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सद्वारा निर्मित हो । यो फिल्म सन् २०२६ को क्रिसमसमा रिलिज हुने छ ।
फिल्ममा शाहरुख खान, दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय बर्मा र अर्शद वारसीको अभिनय छ ।
