सर्लाही, १५ बैशाख । सरकारले संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश शीतलनिवास पुर्‍याएको छ । यी दुई अध्यादेश प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष पेस गरेको हो । 

राष्ट्रपति पाैडेलले ती अध्यादेश अध्ययन गरिरहेको शीतलनिवास स्रोतले जानकारी दियो ।’ संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश आएका छन् । आज आएका हुन् । अध्ययनका क्रममा छन् ‘, स्रोतले भन्यो । 

सरकारले संसद छलेर अध्यादेशको बाटो रोजेको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *