काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल भएको छ । आफूहरूबीच युक्रेन र इरानसँग सम्बन्धित युद्धका विषयमा कुराकानी भएको ट्रम्पले जानकारी दिएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पुटिन इरानमा जारी तनाव तथा सम्भावित युद्ध अन्त्यका लागि सहयोग गर्न इच्छुक रहेको बताए । तर आफूले पहिले युक्रेन युद्ध अन्त्य गर्न सहयोग गर्न आग्रह गरेको उनले बताए । 

उनले भने, ‘हामीले मुख्य रूपमा युक्रेन युद्धका बारेमा कुरा गर्‍याैँ, उहाँ सहयोग गर्न चाहनुहुन्छ । तर मैले भनेँ– पहिले तपाईं आफ्नो युद्ध अन्त्य गर्न सहयोग गर्नुहोस् ।’ 

ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने अडान पुनः दोहोर्‍याए । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । उनीहरूसँग परमाणु हतियार हुनेछैन । यसबारे पनि केही कुरा भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *