सर्लाही, १७ बैशाख ।  नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहको भेला जारी छ । बालुवाटारको ओपेरा होटेलमा अहिले शेखर समूहको बैठक जारी छ ।

पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा सहभागी नभएका कोइरालाले आज बेग्लै भेला राखेका हुन् । भेलामा कोइरालासहित धनराज गुरुङ, जीवन परियार, बन्द्री पाण्डेलगायत नेताहरु सहभागी छन् ।

इतर समूहका नेता पूर्णबहादुर खड्काले राखेको देउवा समूहको भेला हिजो सकिएको थियो। नेता कोइरालाले आज बागमती प्रदेशका नेताहरूसँग बेग्लै छलफल गरिरहेका छन् ।

छलफलमा कोइराला निकट पूर्वकेन्द्रीय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारीलगायत सहभागी छन् ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछि थप रणनीति बनाउन आफूनिकट नेताहरूसँग छलफल थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *