सर्लाही, २१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सरकारले दबाब दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिश गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
उनले राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश जस्ताको तस्तै सिफारिश भएको पनि बताएका छन् ।
