सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना शुक्रबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षणका क्रममा आयोजित अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै । तस्बिरः तस्बिरः किरणराज विष्ट/रासस

सर्लाही, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

यो रास्वपा संसदीय दलको निरन्तर बैठक हो । रास्वपाले मन्त्रीहरूलाई बैठकमा सहभागी गराएर ‘पूर्वबजेट छलफल’ गरिरहेको छ । बुधबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहभागी भएका थिए ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना सहभागी हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *