सर्लाही, २५ बैशाख । सरकारका प्रवक्ता सस्मिमत पोखरेलले नेपालको इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशमा राम्रो सिफारिस भएको बताएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पोखरेलले अदालतलाई राजनीतिबाट बाहिर राख्ने उद्देश्यले पछिल्लो सिफारिस गरिएको बताएका हुन् ।
‘नेपालको न्याय क्षेत्रका सुधार गर्नुपर्ने, नीतिगत, कानुनी, संवैधानिक रूपमा सुधार गर्नुपर्छ कुरा उठ्दै आयो । कार्यपालिका, व्यवास्थापिलकाबाट न्यायपालिकालाई टाढै राख्नुपर्छ ।
शक्तिपृथकीकरणको सिद्धान्तले पनि यही भन्छ,’ प्रवक्ता पोखरेलले भने, ‘परिषद्का पाँचमध्ये तीन जना सदस्य राजनीतिक पृष्ठभूमिबाट आएको भन्ने कानुनविद्हरू भन्दै आउनुभएको छ ।
यसपटक मुद्दाको फर्छ्यौटको हिसाबले सिफारिस गरिएको हो । यही पर्फेक्ट भन्ने होइन । यसलाई समयानुकूल सुधार गर्नुपर्छ । तर, कार्यक्षमताको हिसाबले सिफारिस पहिलोपटक भएको हो ।
यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रक्रिया हामीले गरेका छौँ ।’
छ जना नै दक्ष भए पनि मुद्दाको फर्छ्यौटको हिसाबले प्रधान्यायाधीश सिफारिस गरिएको उनले बताए ।
आफूहरूले प्रणाली बलियो बनाउन खोजेको उनको भनाइ छ ।
