सर्लाही, २५ बैशाख ।  सरकारले सीमा समस्या समाधान गर्नको लागि भारतसँग कूटनीतिक संवादबारे पनि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताए ।

दुई देशबीच संवाद सुरु भइसकेको र परराष्ट्र मन्त्रालयले आवश्यक काम कारबाही अगाडि बढाइरहेको बताए। उनले भने, ‘डिप्लोमेटिक नोट अनुसार दुई देशबीच संवाद भइरहेको छ । वार्ता हुन्छ ।’

उनले मन्त्रालयको संख्या घटाएर अधिकतम १८ वटामा सीमित गर्नेगरी विभिन्न अध्ययनका आधारमा मन्त्रालय गाभ्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले भने, ‘हामीले बाचापत्रमै अधिकतम १८ वटा मन्त्रालय बनाउने भनेका छौँ। जुनजुन मन्त्रालयको अन्तरसम्बन्ध बढी छ, ती मन्त्रालय गाभ्ने प्रक्रिया चाँडै नै अघि बढ्छ ।’

यस्तै, उनले एकपटक लिएपछि भर्ना शुल्क लिन नमिल्ने शिक्षण नियमावलीमा प्रस्ट रूपमा व्यवस्था गरिएको बताए ।

उनले भने, ‘तोकिएको भन्दा बढी र तोकिएको भन्दा बाहेक कानुन विपरीत कुनै विद्यालयले त्यसरी शुल्क लिइराखेको छ भने त्यसको स्थानीय तहले अनुगमन गर्छ, धेरै गुनासो आएकाले हामीले गत सोमबार छलफल पनि गरेका थियौँ । स्थानीय तहले आवश्यक कारबाही गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *