सर्लाही, २५ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्वासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताए ।

सुकुम्वासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे । कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नुहुँदैन दशकौँदेखि जटिल बन्दै आएको सुकुम्वासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्छ ।

वास्तविक सुकुम्वासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्छ ।’

पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्याङ्कन गरिरहेको जानकारी दिँदै ग्रिन टेबलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *