सर्लाही, २८ बैशाख । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुख नहुँदा सभा सञ्चालन गर्ने सदस्य मनोनित गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सात सदस्यलाई मनोनित गरेको जानकारी गराएका हुन् ।
मनोनित हुने सदस्यमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी छन् ।
सभामुख र उपसभामुख नहुँदा उनीहरूले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नेछन् ।
