सर्लाही, ३० बैशाख । सरकारले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेसँगै मन्त्रालयको संख्याको टुंगो लागेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव/प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । ‘नियमावली स्वीकृत भएसँगै प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने टुंगो लागेको छ’ अर्यालले भने ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *