सर्लाही, १ जेठ । बागमती प्रदेशसभाकाे बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

बागमती प्रदेश मन्त्रिपरिषद बैठककाे सिफारिसबमोजिम प्रदेश प्रमुख देवकाेटाले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । 

आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई केन्द्रमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको बताइएकाे छ । 

हिउँदे अधिवेशनमा जम्मा चारवटा बैठक बसेका थिए । प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २४, २५ र २६ चैत २०८२ तथा ६ वैशाख २०८३ मा बैठक बसेकाे थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *