सर्लाही, ०३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएरातिको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले घरेलु मैदानमा गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकाताका फिन एलेनले ९३, अंगकृष रघुवंशी ८२ तथा क्यामरून ग्रिनले ५२ रन प्रहार गरे ।

कोलकाताका राशिद खानले विकेटविहीन रहँदै सबैभन्दा धेरै ५७ रन खर्चिए । मोहमद सिराज र साई किशोरले १–१ विकेट लिए ।

त्यसपछि जवाफी ब्याटिङ गरेको गुजरातले पूरै ओभरमा ४ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो । गुजरातका लागि कप्तान शुब्मन गिलले ८५, जब बटलरले ५७ तथा साई सुर्शनले ५३ रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।

गुजरातलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारायनले २ तथा सौरभ दुबे र ग्रिनले १–१ विकेट लिए । जितपछि कोलकाता ११ अंकसहित सातौँ स्थानमा उक्लिएको छ भने गुजरात १६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *