सर्लाही, ०८ जेठ । महोत्तरीको  सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो ।

औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीसँग थप रकम रहेको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *