सर्लाही, १६, जेठ । सर्लाहीको रामनगर गाउँपालिका–६ मलंगघाट टोलमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरी अनुसार शुक्रबार रामानन्द रायकी श्रीमती अन्दाजी ५० वर्षीया मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् ।

सोही क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *