सर्लाही, १८ जेठ । नेपालको प्रतिनिधिसभा बैठकमा नेपालले भारतको धेरै जग्गा मिचेको बताएको भन्दै भारतीयविज्ञ एसडी मुनीले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएका छन् । भारतका नेपालविज्ञ मुनीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘नेपालले सुस्तामा भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ’ भन्दै मुनीले बधाई दिएका छन् ।

मुनीले लेखेका छन्, ‘अनौपचारिक रूपमा स्वीकार गरिँदै आएको तर सार्वजनिक रूपमा कमै चर्चा हुने विषयलाई साहसपूर्वक स्वीकार गरेकाले प्रधानमन्त्री बालेन शाह बधाईका पात्र छन् ।

नदीको धार परिवर्तन भएपछि नेपालले सुस्तामा भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ । तर, यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास भने अन्ततः प्रतिकूल साबित हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *