सर्लाही, १८ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘नेपालले धेरै ठाउँमा भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको बचाउमा रास्वपा सांसदहरू नै खुल्न थालेका छन् ।

सिरहा– १ बाट जितेका रास्वपा सांसद बब्लु गुप्ताले सिरहा नगरपालिकाका स्थानीयको आँगनमै सीमा स्तम्भ गाढिएको फोटो हाल्दै प्रधानमन्त्रीले सही बोलेको भनेर लेखेका हुन् ।

‘सिरहा नगरपालिका– २० गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ । अब भन्नुस्– प्रधानमन्त्री बालेन संसदमा झुठ बोले कि सही ?,’ प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उनले लेखेका छन्, ‘समस्या दुवैतिर छ, समाधान खोज्नुपर्छ ।’

वर्षौंदेखि भारतीय पक्षबाट नेपाली सीमा मिचिए पनि कुनै पनि प्रधानमन्त्रीले पहिलोपटक नेपालीपक्षले पनि धेरै ठाउँमा भारतीय जग्गा मिचेको विवादास्पद अभिव्यक्ति वालेन्द्र शाहले दिएका हुन् । जसले चौतर्फी तरंग पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *