सर्लाही, १९ जेठ । सर्लाही प्रहरीले विभिन्न मिति र स्थानमा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका मिठाई, किराना तथा खाद्यान्न सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार करिब रु. ४ लाख ९७ हजार ५७५ मूल्य बराबरका उक्त सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । साथै बीआर–३० एए ४४३७, बीआर–०६ बीडी २१२४, बीआर–३० बीएल ७१४, बीआर–३० एएच ८४५५, बीआर–३० एफ ९४७८, बीआर–३० यू ४५८६ नम्बरका सवारीसाधन तथा नम्बर नखुलेको एक मोटरसाइकल गरी सात वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद सामान, नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *