सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Byसदाम हुसैन

२०८३ जेष्ठ १९, मंगलवार २०८३ जेष्ठ १९, मंगलवार २०८३ जेष्ठ १९, मंगलवार

सर्लाही, १९ जेठ। सर्लाहीमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही बागमती नगरपालिका–८ गाढीचोकस्थित प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अर्जुन लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय समन लामा रहेका छन् ।

प्रहरीले अर्जुन लामाको घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १.१० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ (प्लास्टिकसहित), तीन थान एन्ड्रोइड मोबाइल फोन, नगद २३ हजार ७७० रुपैयाँ तथा भारतीय मुद्रा ९०० रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *