सर्लाही, २१ जेठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।

भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७ भारतको भ्रमण गर्ने भएका हुन् । 

रास्वपा लामिछाने भारत भ्रममणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको हो ।

लामिछानेको भारत भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराले बीबीसी नेपालीसँग बताएअनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा ‘चेकलिस्ट’ बनाएर काम गरिनेछ । 

यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *