काठमाडौं, २५ जेठ । एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए ।
यस्तै, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए ।
