सर्लाही, २६ जेठ । चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ । 

पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा अन्य डिजिटल प्लेटफर्महरूमा उक्त भिडियो शेयर भइरहेको देखिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोमा देखिएकी महिला प्रिति पासवान भएको दाबी गरिरहेका छन् । भिडियोमा देखिएका केही शारीरिक विशेषता तथा सार्वजनिक रूपमा उपलब्ध तस्बिरहरूसँग समानता रहेको दाबी पनि विभिन्न प्रयोगकर्ताहरूले गरेका छन् ।

१ मिनेट ४८ सेकेण्डको भिडियो आफैँले रेकर्ड गरेको जस्तो देखिन्छन् । भिडियोको प्रकृति हेर्दा आफ्नै ईच्छाअनुसार सुट गरिएको जस्तो देखिन्छन् । 

भिडियोमा प्रिति पासवानको दायाँ हातको ट्याटु, उनले लगाएको ब्रासलेट, डान्सको क्रममा देखिएको केही शारिरिक सँकेतहरु उनकै रहेको दाबी गरी भिडियो प्रसारित छ ।

यद्यपि, भिडियोमा देखिएकी व्यक्ति वास्तवमै प्रिति पासवान नै हुन् वा होइनन् भन्ने विषयमा स्वतन्त्र र आधिकारिक पुष्टि हुन सकेको छैन ।

यस विषयमा प्रिति पासवानले भिडियोबारे जानकारी रहेको र आफू साईबर ब्यूरोमा उजुरी गरेको बताईन् ।

प्रिति पासवानकोसँगको कुराकानीमा भिडियो समाजिक सँजालमा भाईरल भएको बारे जानकारी रहेको बताईन् । यद्यपी, भिडियो आफ्नो रहेको वा नरहेको बारे प्रतिक्रिया दिन चाहिनन् । 

डिजिटल प्रविधिको तीव्र विकाससँगै व्यक्तिगत गोपनीयता, साइबर सुरक्षा तथा अनलाइन सामग्रीको विश्वसनीयतासम्बन्धी प्रश्नहरू झन् गम्भीर बन्दै गएका छन् ।

विज्ञहरूका अनुसार सामाजिक सञ्जालमा प्रसारित कुनै पनि फोटो वा भिडियोको सत्यता पुष्टि नगरी निष्कर्षमा पुग्नु उपयुक्त हुँदैन ।

पछिल्ला वर्षहरूमा कृत्रिम बौद्धिकता (एआई), डीपफेक तथा डिजिटल सम्पादन प्रविधिको प्रयोगबाट व्यक्तिको छवि दुरुपयोग हुने घटनाहरू पनि बढ्दै गएका छन् ।

नेपालको कानुनी व्यवस्थाअनुसार व्यक्तिको निजी जीवन तथा गोपनीयता संवैधानिक रूपमा संरक्षित अधिकारभित्र पर्दछ । सम्बन्धित व्यक्तिको सहमतिबिना निजी प्रकृतिका सामग्री सार्वजनिक गर्ने, वितरण गर्ने वा प्रसारण गर्ने कार्य कानुनी विवाद तथा साइबर अपराधको विषय बन्न सक्ने कानुनी प्रावधान रहेको छ ।

यसैबीच, सामाजिक सञ्जालमा प्रसारित सामग्रीको सत्यता सम्बन्धित निकायबाट पुष्टि नभएसम्म सावधानी अपनाउन तथा अप्रमाणित सामग्रीको थप प्रसार नगर्न साइबर सुरक्षासम्बन्धी जानकारहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रिति पासवानको भिडियोको सामग्री, दृश्य वा दाबीको स्वतन्त्र पुष्टि गरेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *