सर्लाही, २७ जेठ । इजरायलले लेबनानमा इरान-समर्थित हेजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ ।

यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार गरिएको दाबी गरेको छ ।

मार्चमा सुरु भएको द्वन्द्वमा लेबननमा हालसम्म ३ हजार ६६६ जनाको मृत्यु भइसकेको छ ।

यसैबिच इरानी सञ्चारमाध्यमले सोमबार इजरायली आक्रमणमा इरानी वायुसेनाका दुई कर्मचारी मारिएको बताएको छ । 

यसैबिच अमेरिकी सेनाले होर्मुज स्ट्रेटनजिकै आफ्नो एउटा अपाचे हेलिकप्टर कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान गरिरहेको छ । जहाजमा रहेका चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *