सर्लाही, २९ जेठ । फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन् । 

मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ । 

खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका २ खेलाडीले रातो कार्ड पाएका हुन् । 

खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरेका थिए ।  

खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो । 

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाए। त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो । 

खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए । 

विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन् । 

यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ । 

उक्त खेल शुक्रबार बिहान पौने आठ बजेदेखि सुरु हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *