IN FLIGHT- MARCH 7:U.S. President Donald Trump speaks to members of the media traveling on Air Force One while heading to Miami on March 7, 2026. President Trump and other members of the government attended the dignified transfer of six soldiers from the 103rd Sustainment Command who were killed in action by an Iranian drone strike on March 1 in Port Shuabia, Kuwait during "Operation Epic Fury". Roberto Schmidt/Getty Images/AFP (Photo by ROBERTO SCHMIDT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

काठमाडौं ,२९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध समाधानका लागि ठूलो सहमति भएको बताएको बीबीसीले जनाएको छ ।

तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौताबारे आएका समाचारहरूलाई ‘अटकलबाजी’ भन्दै कुनै अन्तिम निर्णय नभएको बताएका छन् ।

ट्रम्पका अनुसार सम्भावित सम्झौतामा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता रहनेछ । आवश्यक कागजात अन्तिम चरणमा पुगेको र छिट्टै युरोपमा हस्ताक्षर हुन सक्ने उनले बताएका छन् ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको थियो । इरानले पनि इजरायल र अमेरिकी सहयोगी मुलुकहरूलाई निशाना बनाउँदै प्रतिआक्रमण गरेको थियो । हालैका दिनहरूमा दुवै पक्षबीच पुनः आक्रमण–प्रत्याक्रमण भइरहेका छन् ।

ट्रम्पको सम्झौतासम्बन्धी अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४.४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *