सर्लाही ३१ जेठ । ‘घुमौं मधेश ः मधेश प्रदेशको कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित वीरगञ्जबाट शुरु भएको मधेश ट्राभल मार्ट जनकपुरधाममा सम्पन्न हुने भएको छ ।

पर्यटन प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण तथा सीमापार पर्यटन सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मार्टका सहभागीहरू शुक्रबार बाराको जीतपुर–सिमरा हुँदै शनिबार जनकपुरधाम आइपुगेका छन् ।

उनीहरू गंगा आरतीमा समेत सहभागिता भए । जेठ २९ गतेदेखि शुरु भएको तीनदिने मधेश ट्राभल मार्ट वीरगञ्जबाट प्रारम्भ भइ जनकपुरधाममा आइतबार सम्पन्न आयोजकले जनाएको छ ।

जनकपुरधाम आइपुगेका अतिथिहरूलाई अञ्जनी स्वीट्ससहितका होटल व्यवसायीहरूले भव्य स्वागत गरेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरूको नेपाल आवागमनलाई थप सहज बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *