काठमाण्डाैं, १ असार । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेमाथि सोमबार जयपुरमा प्रदर्शनका क्रममा आक्रमण भएको छ ।
कक्रोच जनता पार्टीले जयपुरस्थित शहीद स्मारकमा नीट परीक्षा प्रश्नपत्र चुहावट, शिक्षा प्रणालीमा देखिएका समस्या तथा बढ्दो बेरोजगारीविरुद्ध विरोध प्रदर्शन गरिरहेको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोअनुसार अभिजीतलाई उनका समर्थकहरूले काँधमा बोकेर प्रदर्शनस्थलतर्फ लैजाँदै थिए । सोही क्रममा भीडबाट आएका दुई युवाले अचानक उनीमाथि हातपात गरेका थिए ।
घटनापछि प्रदर्शनस्थलमा उपस्थित अन्य व्यक्तिहरूले आक्रमणकारी दुवै युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। तर, अभिजीतले मञ्चबाट सम्बोधन गर्दै आक्रमण गर्ने युवाहरूलाई छाड्न आग्रह गरेका थिए ।
