सर्लाही, २ असार । सरकारले मेनपावरहरूसँग कामदार विदेश पठाएका कामदारहरूको नामनामेसी मागेको छ ।

वैदेशिक रोजगार विभागले पत्राचार गर्दै २०८२ चैत १ देखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो ।

वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाइएकाहरूकव विवरण मागेको हो ।

संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार, कुन-कुन मितिमा, कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो सो को विवरण विभागले मागेको छ ।

नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त मिति, गन्तव्य मुलुक, उडान भएको मिति र प्रयोग गरिएको विमानस्थल खुल्ने गरी तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन विभागको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *