सर्लाही, ४ असार । देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न अझै ९ वर्ष लाग्ने भएको छ । र्भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले यसका लागि ३–३–३ को योजना ल्याइएको बताए ।
उनका अनुसार अहिले ट्रयाक नै नभएको ठाउँमा ३ वर्षभित्र ट्रयाक खुल्नेछ । अहिले ट्रयाक खुलेको ठाउँमा यो अवधिमा ग्राभेल हुनेछ भने अहिले ग्राभेल भएको ठाउँमा कालोपत्रे हुनेछ । यसअनुसार अहिले ट्रयाक नै नभएको ठाउँमा आगामी ९ वर्षभित्र मात्रै कालोपत्रे सडढक बनिसक्ने उनले बताए ।
उनले धेरै जनसंख्याले प्रयोग गर्ने बाटोलाई यसमध्ये पहिलो प्राथमिकतामा राखेको समेत जानकारी दिए ।
