सर्लाही, ५ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले राज्यले लामो समय छुट दिएर खर्बौँ लगानी भएको बिजुलीमा कर लगाइनु स्वाभाविक भएको बताएका छन् । शुक्रबार बजेटमाथिको छलफलमा उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।  

‘बिजुलीमा खर्बौँ लगानी छ । १ दशक बढी कर छुट दिएर यो क्षेत्रलाई उचाइमा पुर्‍याइएकाे छ । ऊर्जा क्षेत्रलाई अर्को उचाइमा लैजाँदै छौँ,’ उनले भने । 

मन्त्री वाग्लेले कुल गार्हस्थ्य उत्पादनको बढ्दो अंश अब युटिलिटिजबाट हुने भएकाले सरकारले यसलाई ट्याक्सनेटमा ल्याउनुपर्छ भनेर कर लगाएको बताए । 

‘अहिले ५० युनिटसम्म नतिर्ने, १००–डेढ सय युनिटसम्म हेरेर कर लगाउँछौँ । ५ प्रतिशत भने पनि ३–४ प्रतिशत मात्रै हुन आउँछ । डेढ सय खपत गर्दा २२–२४ रुपैयाँ थपेर देश निर्माण गर्न सकिन्छ भने गरौँ भनेर हो’, उनले भने ।

यसमा उपभोक्तालाई भार नपर्ने गरी मूल्य समायोजनबारे पनि सोचिरहेको उनले बताए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *