सर्लाही, ५ असार । सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रबार बिहान करिब ४ बजे मियाँले प्रतिटोलका विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए । त्यसलगत्तै उनी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेका थिए। चोरी गर्न लाग्दा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला भएको थियो ।

होहल्लापछि स्थानीयको सहयोगमा मियाँलाई पक्राउ गरिएको थियो ।

प्रहरीले मियाँको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको सर्लाही प्रहरीले जनाएको छ । बरामद भएको गाडी चोरी भएको गाडीसँग मेल खाएको प्रहरीको भनाइ छ ।

सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *