सर्लाही, ०६ जेठ । गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।

गृहमन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरु टोल फ्रि नम्बर १११२, इमेलमा gunaso@moha.gov.np र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा कल गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *